नियम ५३
यात्री बीमा
: (१) यातायात्र सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले ऐनको दफा १५० बमोजिम यात्रीको दुर्घटना बीमा गराउँदा यात्रुवाहक सवारी साधनको हकमा सो सवारी साधनको सीट संख्या बराबर र मालवाहक सवारी साधनको हकमा सो सवारी साधनको ब्ल्यू बुकमा उल्लेख भए बमोजिमको सीट संख्या बराबरको संख्यामा यात्रीको मृत्यु, अङ्गभङ्ग तथा उपचार खर्च वापत बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा सवारी दुर्घटनाबाट हुने मृत्युको लागि पाँच वर्षभन्दा बढी उमेर भएका प्रत्येक यात्रीको लागि एकलाख रुपैयाँ, एक वर्षदेखि पाँच वर्षसम्मको प्रत्येक यात्रीको लागि पचास हजार रुपैयाँ र एक वर्षभन्दा कम उमेरको
यात्रीको लागि पच्चीस हजार रुपैयाँको बीमा गराउनु पर्नेछ ।
(३) यातायात सेवामा संलग्न कुनै सवारी साधन दुर्घटना भई यात्रीको मृत्यु भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले प्रत्येक मृतकको परम्पार अनुसारको काज किरिया खर्च वापत निजको हकवालालाई तत्काल पच्चीस हजार रुपैयाँ
उपलब्ध गराउनु पर्नेछ र सो रकम त्यस्तो धनी वा व्यवस्थापकले उपनियम (२) बमोजिमको बीमा रकमबाट सोधभर्ना लिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिम बीमा गराउँदा अङ्गभङ्ग वापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछ :
(५) उपनियम (१) बमोजिम बीमा गराउँदा घाउचोटको उपचार खर्च, बिरामी कुरुवा खर्च र विविध खर्च बापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछः–
(क) एक लाख रुपैयाँसम्मको वास्तविक उपचार खर्च,
(ख) अस्पताल भर्ना भएको अवधिको लागि प्रति दिनको पाँच सय रुपैयाँका दरले बढीमा तीस दिनसम्मको लागि कुरुवा खर्च र
विविध खर्च ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सवारी साधनमा रहेको सीट संख्याभन्दा बढी संख्यामा यात्री सवार गराउने कुनै सवारी साधन दुर्घटना भई सीट बिना यात्रा गर्ने यात्रीको मृत्यु वा अङ्गभङ्ग भएमा वा त्यस्ता यात्री घाइते भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले यस नियममा उल्लिखत बीमा रकम बराबरको रकम मृतकको हकवाला वा अङ्गभङ्ग भएको व्यक्ति वा घाइतेलाई क्षतिपूर्ति
वापत दिनु पर्नेछ ।